मनोरञ्जन

झरनाले ‘मेरो मेगास्टार’ भन्दै अनमोललाई दिइन् शुभकामना

By खबरहब

March 31, 2019

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसीलाई मुख्य भूमिकामा अभिनय गराएकी निर्देशक झरना थापाले अनमोल केसीलाई मेगास्टारको ट्याग दिन छोडेकी छैनिन् ।

फिल्मी क्षेत्रमा अनमोल केसीलाई जम्मा ७ वटा फिल्म खेल्दैमा मेगास्टारको ट्याग लगाइदिन नहुने भनेर बहस पनि हुने गरेको छ । किनकि, अनमोल केसी भर्खरै फिल्म क्षेत्रमा पाइला चालेका अभिनेता हुन् । सफल हुनै बाँकी हुँदा दिइएको यो उपाधिले पछि उनलाई नै टोक्ने त होइन ? यो बारेमा भने कसैले ध्यान पु–याएका छैनन् ।

‘ए मेरो हजुर ३’ को टिजरमा अनमोल केसीलाई झरनाले मेगास्टार भन्दै परिचय गराइन् । त्यसपछि उनको निरन्तरता ट्रेलरमा पनि देखियो । उनै झरनाले अनमोललाई सामाजिक सञ्जाल फेसबूकमा जन्मदिनको शुभकामना दिँदै मेगास्टार भनेकी छिन् ।

‘ह्याप्पी बर्थडे मेरो मेगास्टार, तिम्रो अनुहारबाट खुशी कहिल्यै टाढा नहोस् ।’, उनले लेखेकी छिन् ।

झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ यही चैतमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा झरना थापाकी छोरी सुहाना थापा अनमोलको अपोजिटमा छिन् ।