रोचक/विचित्र संसार

बेलायतको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीकी प्रेमिका पनि सरकारी आवासमा

By खबरहब

July 31, 2019

लण्डन– बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका कारिस स्यमोन्डस सरकारी निवासमा सरेका छन्।

बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन्। यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

‘प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उनकी प्रेमीका पनि यही बस्नुहुनेछ,’ प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने। प्रधानमन्त्री बोरिस ५५ वर्ष र उनकी प्रेमीका स्यमोन्डस ३१ वर्षका छन्। उनीहरु पहिलाका प्रधानमन्त्री बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ।