देश/प्रदेश

पर्यटन मन्त्रालयका योजना सुनाउन मन्त्री भट्टराई देउवा निवास पुगे

By खबरहब

August 31, 2019

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रालयका काम र प्रगतिको विवरण सुनाएका छन् ।

शनिबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका मन्त्री भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि मन्त्रालयका तर्फबाट भएका काम, मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताएका छन् ।

मन्त्री भट्टराईले सुनाएका मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा सुनाएका कुरा सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै पर्यटन मन्त्रालयले गर्नुपर्ने कामका विषयमा महत्त्वपूर्ण सल्लाह सुझाव दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईको यो कदम स्वागतयोग्य रहेको भन्दै सामाजिक सञ्जालमा तारिफ गरिएको छ ।