hgsk'/wfd, !$ sflQs -/f;;_ M pkk|wfg Pj+ :jf:Yo tyf hg;+VofdGqL pk]Gb| ofbj, ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs'df/ e§/fO{, k|b]z g+= @ sf d'VodGqL nfnafa' /fpt, k|b]z g+= @ sf pBf]u, ko{6g, jg tyf jtfj/0fdGqL /fdg/]z /fo, hgsk'/wfd pkdxfgu/kflnsf k|d'v nfnlszf]/ ;fxnufotsf JolQmTjåf/f hgsk'/wfdsf] lt/x'ltof uf5Lsf] kl/;/df ;+3 / k|b]z ;/sf/åf/f cfof]lht ;df/f]xdf ;fd'lxs?kn]] g]kfn e|d0f jif{ @)@) sf] k|j4{g sfo{qmdsf] z'ef/De ul/b} . t:jL/ M lxdf+z' rf}w/L

आर्थिक

भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन कार्यक्रम जनकपुरधामबाट शुभारम्भ

By खबरहब

October 31, 2019

जनकपुरधाम- संघीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा बिहीबारदेखि जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन कार्यक्रमको शुभारम्भ गरिएको छ ।

उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतका व्यक्तित्वद्वारा जनकपुरधामको तिरहुतिया गाछी परिसरमा आयोजित विशेष समारोहमा सो कार्यक्रमको सामूहिक रूपमा शुभारम्भ गरिएको हो ।

सो अवसरमा मन्त्री उपेन्द्र यादवले सभ्यता, संस्कृति, भाषाले समृद्ध प्राचीन, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मिथिला नगरी जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन कार्यक्रमको शुभारम्भ संघीय र प्रदेश सरकारबाट हुनु नेपालका लागि अनुकरणीय दृष्टान्त हो भने ।

जनकपुरधामको तिरहुतिया गाछीको परिसरमा संघ र प्रदेश सरकारद्वारा आयोजित समारोहमा सामुहिकरुपले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन कार्यक्रमको शुभारम्भ गरिदै ।

मिथिलाप्रति संसारकै आकर्षण रहेको परिप्रेक्ष्यमा जनकपुरधामलाई हरित, स्वच्छ र सुन्दर बनाउन जरूरी भएको धारणा पनि उनले व्यक्त गरे । उनले प्रदेश नं २ मा पर्यटन उद्योगको अपार सम्भावना भएको चर्चा गर्दै पर्यटकीय गतिविधिलाई विस्तार गर्न तालिम, होटलको व्यवस्थापन र अतिथिलाई आदर र सत्कार गर्ने मनोविज्ञानमा सुधार अपरिहार्य भइसकेको छ भने ।

मन्त्री यादवले नेपाल प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र धार्मिक, सांस्कृतिक विविधताका दृष्टिले महत्वपूर्ण भएकाले यसप्रति संसारलाई आकर्षण गर्ने वातावरण निर्माणमा सबैको अग्रसरता आवश्यक रहेको प्रसङ्ग उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सभ्यता, संस्कृति र भाषाले समृद्ध मिथिला नगरी जनकपुरधामले सधैँ उन्नयनको सन्देश दिएको इतिहासलाई जीवन्त बनाउन जनकपुरधामबाट नै नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन कार्यक्रमको संघीय र प्रदेश सरकारबाट संयुक्तरूपमा गरिएको छ भने ।

प्रदेश नं २ मा सांस्कृतिक र पर्यटकीय प्रवर्धनको सम्भावना सबैभन्दा बढी भएकाले यस प्रदेशलाई सांस्कृतिक र पर्यटकीय ‘हब’ बनाउन जरूरी भएको धारणा उनले राखे । सांस्कृतिक, पर्यटकीय ‘हब’का रूपमा प्रदेशलाई प्रवद्र्धन गरिएमा रोजगारीमा वृद्धि र लगानीको वातावरण निर्माण हुने चर्चा गर्दै मन्त्री भट्टराईले प्रदेश नं २ मा पाँचतारे होटल निर्माण गर्न व्यवसायी उत्सुक रहेको जानकारी दिए ।

उनले प्रदेशमा भएका धर्मशालाको अवस्था जीर्ण भएकाले यसलाई आधुनिकीकरण, ताल तलैयाको संरक्षण गर्नुपर्ने खाँचो औँल्याए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य निकट भविष्यमा शुरू गरिने र यसलाई प्रदेश सरकारसँग हातोमालो गरी पूर्णता दिने बताउँदै प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल एशियाको ‘हब’ हुनेछ भने ।

प्रदेश नं. २ का कलाकारद्वारा प्रस्तुत झरी नृत्य र सांस्कृतिक गायन प्रस्तुत गरिँदै ।

संघीयता झगडा गर्नका लागि नभएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रदेश सरकारसँग हातेमालो गरी अघि बढने उनले बताए । मन्त्री भट्टराईले जनकपुरधाम सभ्य र सुसंस्कृत बस्दै आएको कुरालाई सिद्ध गर्न ७ बजे बन्द हुने अवस्थाको अन्त्य गरी राति १ बजेसम्म खुल्ला रहने व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने वातावरण निर्माणमा जोड दिए ।

प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, भ्रमण वर्षका प्रदेश संयोजक मनिष झाले प्रदेश नं २ मा जीवनको नजिक हुने पर्यटकीय सम्पदा, केन्द्र भएको उदाहरण प्रस्तुत गरे ।

सो कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका कलाकारद्वारा सांस्कृतिक नृत्य एवं गायन पनि प्रस्तुत गरिएको थियो ।