बलिउडका लगभग सबै चर्चित सेलिब्रेटी एक ब्यस्त लाइफस्टाइलमा जिउने गर्दछन् । तर कोरोनाको संक्रमण र लकडाउनका कारण यी सबै सेलिब्रेटी अहिले घरभित्रै कैद छन् ।
जसका कारण अहिले यी स्टारहरुसंग घरमा समय कटाउनुको विकल्प छैन । यस्तोमा उनीहरु सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुका लागी सक्रिय भई उनीहरुलाई मनोरञ्जन गरिरहेका छन् । कुल बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमा के के गरे त ?
१. करण जौहर लकडाउनको अवधीमा दिग्गज बलिउड फिल्ममेकर करण जौहरले आफ्ना बच्चा यश र रूहीको भिडियो सिरिज शुरु गरेका छन् । उनले दैनिक यश र रुहीको भिडियो अपलोड गर्दै आएका छन् । यी दुबै सेरोगेसीबाट प्राप्त सन्तान हुन् ।
२. आलिया भट्ट लकडाउनको दौरान बलिउड अभिनेत्री आलिया भट्ट अनलाइन क्लास लिनेसहित वर्कआउटमा ब्यस्त छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आलियाले आफ्नो घरपालुवा बिरालोको तस्वीर अपलोड गर्दै आएकी छिन् । फ्यानका बीचमा उनको बिरालो निकै लोकप्रिय बनेको छ ।
३. श्रद्धा कपूर बलिउड अभिनेत्री श्रद्धा कपूरलाई कुकुर धेरै मनपर्छ । उनी अक्सर आफ्नो इन्स्टाग्राम एकाउन्टमा घरपालुवा कुकुरको तस्वीर अपलाड गरेकि थिइन् । लकडाउनको दौरानमा उनले आफ्नो इन्स्टाको पोष्ट र स्टोरीमा कुकुरको तस्वीरले भरेकि छिन् ।
४. अर्चना पुरन सिंह द कपिल शर्मा शोकी पर्मानेन्ट अतिथि अर्चना पुरन सिंह लकडाउनमा घरमा रहँदा फ्यानको मनोरञ्जनका लागी आफ्नी घरेलु कामदार (कामवाली बाई)को भिडियो अपलोड गरेकि छन् । अर्चनाकी मेड भाग्यश्रीको चुलबुलापनलाई धेरैले रुचाएका छन् ।
५. नेहा धुपिया लकडाउनको समयमा बलिउड अभिनेत्री नेहा धूपिया आफ्नी छोरी मेहरका साथका तस्वीर अपलोड गरिरहेकी छिन् । मेहरको तस्वीरलाई नेहाका फ्यानले अत्यन्त रुचाएका छन् । तसर्थ नेहालाई उनीहरुको डिमाण्ड रहने गरेको छ, जतिसक्दो धेरै मेहरको तसिबर पोष्ट गर ।