अन्तर्राष्ट्रिय

अमेरिकामा एकै दिन ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण

By खबरहब

September 01, 2020

काठमाडौं – अमेरिकामा एकै दिन ३८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार ३८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६२ लाख ११ हजार ६८२ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ५४ हजार ९९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍६९ हजार ८४७ जनामध्ये १५ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५१२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार ७३६ पुगेको छ ।