देश/प्रदेश

इलाका प्रहरी बुटवलका ११ जनामा कोरोना संक्रमण

By खबरहब

September 01, 2020

बुटवल- इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि १० इलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्किङमा हिँड्ने ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । सोमबार अबेर राति आएको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल प्रदेश ५ को अस्थायी मुकाम हो ।