बलिउड/हलिउड

भारतीय टेलिभिजनका कलाकार जसले आफ्नै कोस्टारसँग विवाह गरे

By खबरहब

September 01, 2020

विवाह हरेक व्यक्तिको जीवनको महत्वपुर्ण निर्णय हो । मानिसहरु आफ्नो जीवनमा यस्तो जोडी चाहन्छन्, जसले उसलाई प्रेम गरोस् र बुझोस् । भारतीय टेलिभिजन दुनिँयाको कुरा गर्दा यस्ता केही टीभी कलाकार छन् जसको प्रेम सेटमा शुरु भयो र अन्ततः विवाहमा परिणत भयो । आज हामी यस्तै केहि कलाकारको बारेमा चर्चा गर्नेछौ ।

प्रिन्स नरूला र युविका चौधरी प्रिन्स नरूला र युविका चौधरीको प्रेमको शुरुवात रियालिटी शो बिग बोस सीजन ९ बाट भएको थियो । यी अन्ततः यी दुबैले प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह गरे ।

दिव्यांका त्रिपाठी र विवेक दिव्यांका त्रिपाठी र विवेकको भेट नच बलिए नामक टीभी शोको सिजन ८ मा भएको थियो । दुबैले यो शो जितेका थिए । एकअर्कालाई डेट गरे पश्चात दुबैले धूमधामका साथ विवाह गरे ।

भारती सिंह र हर्ष लिम्बाचिया भारती सिंह र हर्ष लिम्बाचियाको भेट कमेडी सर्कल नामक रियालीटी शोमा भएको थियो । हर्ष भारतीका लागी कमेडी स्क्रिप्ट लेख्दथे । यहि शोको क्रममा दुबै प्रेममा परे र अन्ततः सन् २०१७ मा दुबैले विवाह गरे ।

जय भानुशाली र माही विज नच बलिए सिजन ५ का विजेता जय भानुशाली र माही विज भारतीय टेलिभिजन क्षेत्रमा कहलिएको नाम हो । दुबैको भेट टीभी शो क्रममा भए पश्चात प्रेममा परेका उनीहरुले सन् २०११ मा विवाह गरे ।

अमन वर्मा र बन्दना लालवानी अमन वर्मा र दन्दना लालवानीको भेट भारतीय टेलिभिजन सिरियल शपथको सेटमा भएको थियो । यहीबाट उनीहरुको प्रेम शुरु भयो । २ बर्षको प्रेम पश्चात दुबैले विवाह गरे । यी जोडी बिग बोसमा समेत देखा परेका थिए ।