प्रतिकात्मक तस्वीर

राजनीति

हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताबाट वडाध्यक्ष कुटिए

By खबरहब

September 01, 2020

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा आफ्नै पार्टीको बैठक चलिरहेका समयमा वडाध्यक्षमाथि कुटपिट भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता/कार्यकर्ताबाट कुटपिट भएको हो ।

थापाका अनुसार, बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले कुटपिट गरेका हुन् ।