एथलेटिक्स

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीमा कोरोना संक्रमण

By खबरहब

September 01, 2020

काठमाडौं- नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ ।

दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उपचारका लागि स्टार अस्पताल लगिएका केसीको स्वाब संकलन गरी टेकु पठाइएको थियो । केसी अहिले होम आइसोलेसनमा रहेको उनका छोरा योगेन्द्र केसीले जानकारी दिए ।

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले केसीका बारेमा युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीलाई जानकारी दिएको बताएका छन् ।