मनोरञ्जन

सजलको गीत ‘पाएँ मैले तिमीलाई’ मा वर्षा र विकास

By खबरहब

September 01, 2020

काठमाडौं – सजल न्यौपानको स्वर रहेको ‘पाएँ मैले तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लुलु आर राणाको शब्द सिर्जना रहेको छ भने संगीत तथा एरेन्ज रिदम कँडेलको रहेको छ ।

गीतको भिडियोमा वर्षा शिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय देख्न सकिन्छ । स्याड भर्सनको यो गीतलाई अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

यस्तै भिडियोमा हरि हुमागाईंको छायांकन रहेको छ भने विकास दाहालले सम्पादन गरेका छन् ।