मनोरञ्जन

यम थापाको फिल्ममा अभिनय गर्दै स्वेता

By खबरहब

September 01, 2020

काठमाडौं – यम थापाले निर्देशन गर्न लागेको फिल्ममा स्वेता खडकाले अभिनय गर्ने भएकी छिन् । उक्त फिल्ममा उनले छोटो भूमिका निभाउने भएकी हुन् ।

स्वेताले फिल्मको कथा मन परेकाले आफूले अभिनय गर्न लागेको बताएकी छिन् । चलचित्रमा उनको मुख्य भूमिका भने रहने छैन ।

स्रोतका अनुसार स्वेता आफैले पनि नयाँ फिल्म बनाउने तयारी थालेकी थिइन् । तर, लकडाउनले गर्दा उनको प्रोजेक्ट रोकिएपछि थापाको फिल्ममा काम गर्ने भएकी हुन् ।