रोचक/विचित्र संसार

क्वारेन्टाइनमा एकै जनाले २० जनाको खाना खाएपछि…

By खबरहब

June 02, 2020

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ ।

जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नीतिको सिकार भएर चर्चामा छन् । तर बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।

खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टाइन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाएपछि यसको चर्चा चुलिएको हो ।

उनको खानाको क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए । त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थापनले जानकारी पाएको थियो । दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।

21 वर्ष के अनूप ओझा को बक्सर में क्वारनटाइन किया गया है। इस दौरान एक दिन 85 लिट्टी अकेले खा गए। तब इनके हुनर का राज खुला।
40 के आस पास रोटी , 10-20 प्लेट चावल खाना आम बात है। खा भी रहे हैं। राजस्थान से लौटे हैं। गांव वाले बताते हैं कि गांव में एक बार सौ समोसा खा चुके हैं। pic.twitter.com/udK4MxNfbQ

— मनोज कुमार Manoj Mukul (@manojkumarmukul) May 26, 2020

अनुप राजस्थानमा काम गर्छन । उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।

अनुपका बारेमा अर्को रोचक कुरा के छ भने उनी ज्यादा खाने मात्र होइन अन्य ब्यक्तिको तुलनामा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् ।

अनुपको खानाखाने क्षमताका बारेमा जब अञ्चलाधिकारी समक्ष कुरा पुग्यो तब उनी स्वयम् यसबारे बुझ्न पुगे ।

अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थापकलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् । हुनत क्वारेन्टाइन व्यवस्थापकलाई अनुपलाई ख्वाउन कुनै समस्या छैन । तर क्वारेन्टाइनमा खाना बनाउने भान्सेका लागी भने उनलाई अघाउने खाना खुवाउन निक्कै सकस पर्दै आएको छ ।