राजनीति

नेपालमा १ सय १८ जना कैदीबन्दी कोरोना संक्रमित

By खबरहब

September 02, 2020

काठमाडौं – गृह मन्त्रालयले देशभरका कारगारमा रहेका कैदीबन्दीमध्ये १ सय १८ जना कोरोना संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये ४९ जना संक्रमणमुक्त भएको र ६९ जना उपचाररत छन् ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संक्रमणको लक्षण देखिएका गम्भीर खालका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।’