नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक

By योगेन्द्र योगी

November 02, 2020

दोहा- नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक देखिएको छ ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँगको भेटमा त्यहाँका पर्यटनमन्त्री असफ ज़मिरले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक रहेको धारणा राखेका हुन् ।

इजरायलस्थित नेपाली दूतावासमा भएको भेटमा राजदूत शाक्यले ईजरायलको हस्पिटालिटी क्षेत्रमा नेपाली विद्यार्थी तथा श्रमिकहरु ल्याउन मन्त्रीसमक्ष प्रस्ताव समेत राखेको दूतावासले जनाएको छ ।

भेटमा राजदूत शाक्यले नेपाल-ईजरायलबीच सीधा हवाई सेवा शुरु गर्ने विषयमा समेत पहलकदमी लिइदिन मन्त्रीलाई आग्रह गरेको दूतावासले जनाएको छ ।

मन्त्री ज़मिरले यस विषयमा सक्दो सहयोग गर्ने जनाएको राजदूत शाक्यले बताइन् ।

भेटमा नेपालका लागि नवनियुक्त ईजरायली राजदूत हनन् गोडेर गोल्डबेर्गेर र इजरायलको बीरशेबा शहरका लागि नेपालका अवैतनिक वाणिज्यदूत इलान निर लगायतको उपस्थिति रहेको थियो ।