रोचक/विचित्र संसार

अचम्मको चलन, गाईलाई पनि ‘ब्रा’ !

By खबरहब

January 02, 2020

एजेन्सी– सामान्तया भित्री वस्त्र ‘ब्रा’ महिलाहरुले प्रयोग गर्ने गर्दछन् । तर तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँ ब्रा गाईलाई लगाइदिने गरिन्छ । यो कुनै चलन नभएर बाध्यता हो ।

साइबेरिया भीषण चिसोबाट बच्नको लागि याकुटियाको ओम्याकन गाउँका मानिस आफ्ना गाईलाई उनबाट बनेको ब्रा लगाइदिने गर्दछन् । यसबाट गाईको थुनमा दूध जम्ने समस्याबाट बच्ने उनीहरुको तर्क छ ।

ओम्याकन संसारकै सबैभन्दा चिसो ठाउँमध्येको एक हो । त्यहाँको तापक्रम माइनस ४५ डिग्रीसम्म हुन्छ । जसबाट बच्न अफ्ठेरो महशुस हुन्छ । एजेन्सीको सहयोगमा