रोचक/विचित्र संसार

के भान्टा र आरु सेक्सका सिम्वोल हुन ?

By खबरहब

February 03, 2020

काठमाडौं – फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा कायम राख्न भन्दै  भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ ।

अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न नपाइने भएको हो ।

भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो ।

पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको हो ।

कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले यौन प्रतिनिधित्वका लागि प्रयोग गरिएको भन्दै  पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा यस्ता इमोजीमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।