रोचक/विचित्र संसार

सोनुको त्यो स्माइल, जसलाई अर्बाैको कम्पनीले आफ्नो प्रोफाइल बनायो

By खबरहब

March 03, 2020

आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् ।

एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केहि फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ ।

यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अर्थात स्माइलले नै उनलाई चर्चित बनाएको हो ।

हेर्नुहोस भिडियो

pic.twitter.com/YVCiOLrEjK

— राष्ट्र सेवक (@frankmartynn) February 28, 2020

भाइरल भिडियोमा देखा परेका डेलिवरी ब्वाइ हुन् सोनु । उनी जोमेटो नामक फूड डेलिवरी कम्पनीमा कार्यरत छन् ।

खासमा उनी एक ग्राहकको अर्डर दिन गएका थिए । जहाँ ती ग्राहकले आफ्नो कमाई तथा कामका बारेमा बडो सुन्दर तवरले हासेर जवाफ दिएका छन् ।

उनको यहि हासो नै उनलाई चर्चित बनाउने साधन बनिदियो । सोनुको स्माइलकै कारण फ्यान भएका ग्राहकले अब जोमेटोसंग सोनुलाई नै अर्डर पठाउन अनुरोध गर्न थालेका छन् ।

उनको चर्चा चुलिएसंगै जोमेटो इण्डियाले शुक्रवार आफ्नो ट्विटर हैण्डल सहित अन्य सबै सामाजिक सञ्जालको प्रोफाइल राखेको छ ।