रोचक/विचित्र संसार

लकडाउनको समयमा घरमै बसेर सडकमा कुकुर डुलाएपछि…

By खबरहब

April 03, 2020

विश्वभर कोरोनाको महामारी फैलिएको बेला अधिकाशं देशहरु लकडाउनमा छन् । यस अवधीमा मानिसकहरु आफुलाई होम क्वारेन्टाइनमा सुरक्षित राखिरहेका छन् ।

यस अवधिमा मानिसले सामाजिक सञ्जालको प्रयोग गर्ने तथा टेलिभिजन हेर्ने वा अन्य विकल्पमा आफुलाई भुलाउन सक्छन् ।

तर घरपालुवा जनावरका लागी लकडाउन निकै अहसज बनिदिन्छ । बाहिर निस्कन वा मालिकले घुमाउन नलादाँ उनीहरुमा चिढ्चिडाहट आउने गर्दछन् । तर यस्तोमा एक मानिसले कुकुर डुलाउनलाई अपनाएको उपाय भने सामाजिक सञ्जालमा रातारात भाइरल बनेको छ ।

सामाजिक दूरी बनाइराख्ने तथा पशु अधिकारलाई समेत ध्यानमा राखि साइप्रसका एक स्थानीय वकिस डेमेट्रियौले कुकुर डुलाउन एक रचनात्मक तरिका अपनाए ।

सरकारले जारी गरेको लकडाउनका बेला घरबाहिर निस्कन नपाउने नियमको पालना गर्दै वकिसले सडकमा कुकुर डुलाएका छन् । अब अचम्म लाग्ला घरबाहिर ननिस्किन कसरी सडकमा कुकुर डुलाउन सम्भव होला ?

भाइरल भिडियोमा वकिसले आफ्नो कुकुर ओलिवरलाई खाली सडकमा एक ड्रोनको सहायतमा डुलाएका छन् । उनले कुकुरको घाटिमा बाधिएको डोरीलाई केहि फिटको उचाईमा आफ्नै निर्देशनमा उडिरहेको ड्रोनमा बाधिदिए ।

जसका कारण कुकुर स्वतन्त्र भई भाग्न पाउदैन र नियमित झै बाहिर टहल्न समेत पाउछ । उनको यो आइडियालाई धेरैले सह्राना गरेका छन् ।

 

View this post on Instagram

 

5th day quarantine. Stay Home Safe but don’t forget your dog happiness.. 🦠🦠🦠😇😇😇 👇👇👇👇watching on youtube 👇👇👇👇 https://youtu.be/ntKSj0qBYlA For video permission contact to storyful. Thank you. 😇🤗🙏 licensing@storyful.com #dog #animals #coronavirus #goodvibes #goodidea #cyprus

A post shared by Vakis Demetriou (@vakis78) on