रोचक/विचित्र संसार

लकडाउनले सुनसान बनेका सडकमा सिंहका बथानको मस्ती, सकडमै हुन थालो बास

By खबरहब

May 03, 2020

काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै कयौँ मुलुकहरुले लकडाउन गरेका छन् ।

लकडाउनका कारण मानिसहरु घरभित्रै छन् । जीवनस्तर सामान्य नहुँदा बाहिरी क्षेत्र सुनसान छ ।

सडकमा गाडी गुडेका छैनन् भने मानिसहरुको आवातजावत अत्यावश्यक काममा बाहेक पूर्णरुपमा बन्द नै छ ।

यस्तो बेला सुनसान रहेका दक्षिण अफ्रिकाका सकडकमा भने सिंहका बथानकै राज भएको छ ।

क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू लकडाउनको बेला बीच सडकमै मस्त सुतिरहेका तस्वीर भाइरल भएका छन् ।

निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू मस्तसँग सुतेको  देखेपछि उनले खिचेका केही तस्वीरहरु अहिले भाइरल बनिरहेका छन् ।

निकुञ्जका सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुने सडकमा अहिले सिंहहरू बीच सडकमै मस्त सुतिरहेका छन् ।

अरु बेला सडकमै सिंह सुतेको दृश्य रातको समयमा मात्र देख्ने गरिएकोमा अहिले भने दिउँसै देखिएको छ ।