रोचक/विचित्र संसार

६ सिंहको एक्लै सामना गर्दै जिराफ

By खबरहब

May 03, 2020

जंगलमा सिंह र जिराफबीच जम्काभेट भयो भने के होला ? त्यसमा पनि ६ सिंह जिराफको अघि आएपछिको दृश्य कल्पना गर्नुहोस् त ।

तपाईंले गरेको अनुमान मेल नखान पनि सक्छ । किनकी ६ सिंहसँग भिडेर जिराफले आफ्नो ज्यान बचाएको छ । सिंहसँग जिराफको भिडन्तको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियो हेरिसकेपछि जो कोहि पनि हैरान हुन्छन् । भिडियोमा एक जिराफ ६ वटा सिंहसँग एक्लै लडेको देख्न सकिन्छ ।

जिराफको बहादुरीलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् ।

सिंहले जिराफलाई कसैले खुट्टामा, कसैले पिठ्युमा चढेर आक्रमण गरिरहेको देख्न सकिन्छ । तर जिराफले आफ्नो बहादुरी देखाएर आफ्नो गन्तव्यतिर अगाडि बढीरहन्छ ।

यो भिडियो आइआरएस नावेदले ट्वीटरमा शेयर गरेका छन् । भिडियो हेरेपछि जिराफको बहादुरीलाई सबैले प्रशंसा गरिरहेका छन् ।

तपाईंपनि हेर्नुहोस नावेदको ट्वीट

A Lesson on Persistence. There will be many who will try to pull you down. But when the going gets tough, the tough gets going.
Here a giraffe managed to keep standing for 5 long hours after being attacked. Eventually the pride of lions had to give up. pic.twitter.com/ctDjtGQtbR

— Naveed Trumboo IRS (@NaveedIRS) April 28, 2020