रोचक/विचित्र संसार

दुई जना भएको शहरमा पनि कोरोनाका सबै नियम लागू

By खबरहब

November 03, 2020

काठमाडौँ- कोरोना भाइरसको महामारीले अहिले विश्वका अधिकांश स्थानका मानिस प्रभावित भएका छन् ।

महामारीबाट बच्न अनेकखाले प्रतिबन्ध र नियमहरू कार्यान्वयन गरिएका छन् । तर, माहामारीको यो प्रभाव कोरोना नै नदेखिएका स्थानमा पनि परिरहेका छन् ।

अझ अचम्म त यो छ कि दुई मानिस बस्ने इटालीको एक शहरमा पनि भौतिक दूरी लगायतका नियमहरू पालना गरिएको छ ।

इटालीको नोर्टोस्केमा बस्ने जियोवनी क्यारिली र जियाम्पियरो नोबिलबाट सारा विश्वले केहि सिक्न आवश्यक छ ।

नोर्टोस्को मात्र दुई जना जनसंख्या भएको शहर हो । तर, पनि त्यहाँ कोरोनाका सबै नियम लागू हुन्छन् ।

करिव ९०० मिटरको उचाईमा रहेको यो ठाउँ पर्यटकका लागि प्रख्यात छ ।– एजेन्सीको सहयोगमा