अन्तर्राष्ट्रिय

कोरोना महामारीबीच इटालीमा पर्यटन क्षेत्र खुला

By खबरहब

June 04, 2020

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच इटालीले पर्यटन क्षेत्र खुला गरेको छ ।

कोरोनाले मृत्यु हुने संख्याका आधारमा युरोपकै दोस्रो प्रभावित मुलुक इटालीले महामारी पूर्ण रूपमा नियन्त्रणमा नआउदै पर्यटन क्षेत्र सुचारू गरेको हो ।

महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको बुधबारदेखि पर्यटन क्षेत्र खुला गरेको छ । अर्थतन्त्र सुधार्ने प्रयत्नस्वरूप उसले पर्यटकहरूलाई इटाली प्रवेसमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर यो प्रतिबन्ध तत्काललाई युरोपेली मुलुकका पर्यटकहरुमा मात्र फुकुवा गरिएको बताइएको छ ।

गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गर्दै अर्थतन्त्र उकास्न सकिने इटालीको अपेक्षा छ ।