रोचक/विचित्र संसार

प्रेम प्रस्ताव राख्न शरीरमा आगो लगाइयो ! (भिडियो)

By खबरहब

September 04, 2020

प्रेम प्रस्ताव राखेपछि स्वीकार होला वा नहोला भन्ने पीरले प्रत्येक प्रेमीलाई सताउँछ । जसले आफ्नो प्रस्ताव स्वीकार गराउनकै लागि नयाँ नयाँ शैली अपनाइन्छ ।

यस्ता शैली रोचकमात्र हुँदैनन् कुनै कुनै बेला बहुत खतरनाक पनि हुन्छन् । यस्तै सबैलाई चकित बनाउने घटना छ बेलायतको ।

बेलायत निवासी रिकी एश नामक एक ब्यक्तिले आफ्नी प्रेमीका कट्रीना डबसनलाई विवाहको प्रस्ताव राख्दा अपनाएको शैली डरलाग्दो मात्र छैन यो खतरनाक पनि छ । पेशाले स्टन्टम्यान रिकी विवाहको प्रस्ताव राख्न प्रेमिकाको अघि शरीरमा आगो लगाएर पुगे । त्यहाँ उनले फिल्मी स्टाइलमा घुडाँ टेकेर विवाहको प्रपोज गरे ।

उनले स्टन्ट गरिरहँदा सुरक्षाका सबै तयारी गरेका थिए । त्यसैले प्रस्ताव राख्नासाथ उनका सहयोगीले आगो निभाइ दिए । ५२ वर्षीय रिकी लामो समयदेखि स्टन्ट गरिरहेका छन् । उनले हलिउडका कैयौं ठुला स्टारकालागी स्टन्ट गरेका छन् ।

रिकीकी प्रेमिका पेशामा नर्स हुन् । उनीहरुको भेट अनलाईनमा भएको थियो । तर जब दुबैले भेटे तब उनीहरुको प्रेम टुट्ने अवस्थामा पुग्यो । खासमा कट्रीनाको उचाई ६ फिट ३ इञ्च थियो भने रिकीको उचाई केवल ५ फिट ८ इञ्च थियो । तर रिकीको प्रेम र उनको व्यवहारले कट्रीनाले उनलाई नै रोजिन् ।

 

View this post on Instagram

 

Talk about a hunk of burning love! 🔥 Professional stuntman Riky Ash popped the question while aflame, during a decoy photoshoot set up to surprise his girlfriend, Katrina Dobson, a COVID-19-fighting nurse.

A post shared by New York Post (@nypost) on