राजनीति

मन्त्रीहरु हेरफेर हुने हल्ला सुनियोजित: प्रधानमन्त्री

By खबरहब

September 04, 2020

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेरबारे सुनियोजित रुपमा हल्ला फैलाइएको भन्दै त्यसबाट प्रभावित नभई काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर हुने हल्लाले तरंगित पार्दै मन्त्रीहरुलाई निराश पारिएको धारणा राखेको एक मन्त्रीले खबरहबलाई बताए ।

‘प्रधानमन्त्री ज्यूले बजारमा अनेक हल्ला चलाई मन्त्रीहरुको ध्यान अन्यत्र तान्ने र तरंगित पार्ने काम भइरहेकोमा सचेत हुँदै आफ्नो काममा निरन्तरता दिन आग्रह गर्नुभयो,’ ती मन्त्रीले भने ।

केही दिनयता प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न लागेको चर्चा चलेको थियो । यस्तो हल्ला चलेपछि ओलीले तत्का‌ल मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका हुन् ।