अन्तर्राष्ट्रिय

कोरोना संक्रमित ट्रम्पलाई मुसाबाट बनेको औषधि दिइएको दाबी

By खबरहब

October 04, 2020

एजेन्सी- कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि उपचाररत  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधि दिइएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 औषधि दिइएको छ। डेलीमेलका अनुसार हाल परीक्षणकै क्रममा रहेको यो औषधि सर्वसाधारणका लागि उपलब्ध छैन ।

अमेरिकी कम्पनीले बनाएको यो औषधिले भाइरसको मात्रा घटाउने दाबी गरिदै आएको छ ।

ट्रम्पलाई औषधि चलाइए पनि अक्सिजन भने नदिइएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनमा हाल ज्वरो पनि नदेखिएको डाक्टर सन कोन्लीले बताएका छन् ।