रोचक/विचित्र संसार

एउटा फलको मूल्य १६ लाख !

By खबरहब

November 04, 2020

एजेन्सी- एउटा फल जसको मूल्य १६ लाख रुपैयाँ पर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यस्तै छ ।

विश्वमा यस्तो पनि फल छ जसको एउटा मात्रै दाना किन्न लाखौँ रुपैयाँ खर्च गनुपर्छ । आज हामी तपाईलाई यो महंगो फलको बारेमा जानकारी दिनेछौँ ।

यसको नाम हो युबरी खरबुजा । जो एउटाकै १६ लाख रुपैयाँ पर्छ । यो फल जापानमा फल्छ । तर, जापानबाट यसको निर्यात धेरै कम नै हुन्छ ।

यो फल सूर्यको प्रकाशबाट टाढै राखेर ग्रीन हाउसमा फलाइन्छ । यो खरबुजाको एक जोडीको मूल्य ३२ लाख रुपैयाँ पर्छ । एजेन्सीको सहयोगमा