रोचक/विचित्र संसार

भाइरल बन्यो बाइक चलाउने कुकुर (भिडियो)

By खबरहब

December 04, 2020

के तपाईंले कहिल्यै कुनै कुकुरले मोटरसाइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एउटा कुकुरले मज्जाले बाइक कुदाइरहेको छ ।

न्यूज एजेन्सी रोयटर्स शेयर गरेको बोगी नामक कुकुरको भिडियोमा कुकुरले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालिक सहित अरु दुई जना समेत सवार छन् । समाचार अनुसार यो बाइक चालक कुकुर फिलीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ ।

बाइक चलाउँदा कुकुरले हेलमेट र कपडा लगाएको छ । बोगीलाई उनका मालिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् । जहाँ त्यस कुकुरको कान अड्किदैन । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

They see me rollin pic.twitter.com/59HxNpqLPA

— Klara Sjöberg (@klara_sjo) October 26, 2019