जीवनशैली

स्मार्टफोन प्रयोग गर्नुअघि जान्नुपर्ने कुरा

By खबरहब

December 04, 2020

अहिले अधिकाशं युवाको हातमा स्मार्ट फोन रहेको छ । हातको मोवाइलमा नै हरेक प्रकारका प्रविधियुक्त सुविधा पाउने भएपछि युवावर्गमा यसको मोह बढेको हो ।

कुराकारी, सन्देश प्रवाह, भिडियो कल गर्न, गीत सुन्न, भिडियो हेर्न, तस्वीर खिच्न, सूचना संग्रहित वा प्रवाह गर्न, गेम खेल्नदेखि स्वास्थ्य परीक्षण गर्नसम्म हत्केलाभरीको स्मार्ट फोन उपयोगी मानिन्छ । तर, आजकल जुन उपयोगीताका लागी स्मार्टफोन तयार पारीएको हो आजकल त्यसको सदुपयोग भन्दा पनि दुरुपयोग बढेको छ ।

आजहामी स्मार्ट फोनको अत्यधिक प्रयोग वा दुरुपयोगबाट हुने हानीबारे चर्चा गर्नेछौ ः

१. स्मार्टफोनको सबैभन्दा नकारात्मक असर भनेको यसले समय नष्ट गर्दछ । २. समय नष्ट हुने भएपछि सामाजिक, पारिवारिक जीवनमा यसको गम्भिर असर पर्दछ । ३. यसको हानी यतिमै रोकिदैन स्मार्टफोनको प्रयोगले शरीरमा गंभिर क्षति समेत पुर्याउँछ । ४. अनुसन्धान अनुसार स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागमा असर पुग्दछ । ५. यसको अत्यधिक प्रयोगले निराशा, बेचनी र अनिन्द्रजस्ता समस्या बढाएर लान्छ । ६. स्मार्टफोनले बालबालिकामा मानसिक विकास रोक्नुका साथै मस्तिष्क कमजोर बनाउँछ । ७. स्मार्टफोटबाट निस्कने रेडियो तरंगले सुन्ने क्षमतामा समेत ह्रास आउछ । ८. यसको आँखाको दृष्टि कमजोर पार्नुको साथै आँखामा गम्भिर असर पुग्दछ । ९. स्मार्टफोनको अत्यधिक प्रयोगले मोटोपन जस्ता समस्या देखिन सक्छ । १०. रातमा सुत्नुभन्दा पहिले र विहाने उठे लगत्तै स्मार्टफोन चलाउनु पनि एक रोग हो । यसलाई स्मार्टफोन ब्लाइन्डनेस भनिन्छ । ११. फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन अन्यथा स्वास्थ्यमा असर पुग्न सक्छ । १२. स्मार्टफोनलाई सिरानी मुनि राखेर सुत्दा अनिद्राको समस्या निम्त्याउन सक्छ । १३. गर्धन झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धि रोग देखा पर्छ ।