रोचक/विचित्र संसार

१८० यात्रु लिएर उड्न लागेको विमानमा बम भएको हल्ला फैलिएपछि…

By खबरहब

February 05, 2020

नयाँ दिल्ली- भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डिगो एयरको विमानमा बम रहेको हल्ला फैलिएपछि विमान चढेका यात्रुबीच हंगामा मच्चियो ।

घटना गत आइतबारकाे हो । विमानमा कसैल बम रहेको भन्ने सूचना दिएपछि विमान चढिसकेका यात्रुलाई विमानमाबाट उतारिएको थियो । सुरक्षाकर्मीले सुरक्षा जाँचको लागि सबै लगेजलाई बाहिर निकालेका थिए । सुरक्षा चेकजाँचका क्रममा त्यहाँ बम नभएको पुष्टि  भयो । उक्त सूचना गलत भएको सावित भए पछि सूचना दिन मानिसको प्रहरीले खोजी जारी राखेको छ ।

विमानस्थलका एक अधिकारीले जनाएअनुसार इण्डिगोको दिल्लीबाट मुम्बइको उडान भर्न लागेको ६ इ–८४३ मा विमानमा बम भएको सूचना इण्डिगो कार्यालयलाई प्राप्त भएको  थियो । विमानमा बम भएको सूचना कार्यालयलाई प्राप्त हुनासाथ विमान कम्पनीले विमानस्थललाई यस विषयमा जानकारी गराएको थियो ।

जब विमानस्थलले सूचना पायो केही बेर विमानको उडान रोकेर सुरक्षा चेकजाँच थालिएको थियो । बमको हल्लाले यात्रुबीच कोलाहल मच्चिएको थियो ।