नेपाली टीम । फाइल तस्वीर

क्रिकेट

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको नवौं विकेट पतन

By खबरहब

February 05, 2020

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको नवौं विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ४७ औं ओभरमा दुई विकेट लिएको छ । दुबै विकेट करण केसीले लिएका छन । यो सँगै केसीले प्रतियोगितामा ४ विकेट लिएका छन ।

केसीले नशिम खुशी र कलिमुल्लाहको विकेट लिएका हुन ।  यसअघि  नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन । सिंह क्याच आउट भएका हुन ।

प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन । भारीले ३८ दशमलव ४ ओभरमा ‍सन्दिप गौडलाई ३३ रनमा आउट गरे ।

यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका ।

नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।

यो समाचार तयार पार्दासम्म ओमानले ४९ ओभरमा ९ विकेट गुमाएर १ सय ७८  रन बनाएर खेलिरहेको छ ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।