क्रिकेट

नेपालको फितलो ब्याटिङ, ओमानविरुद्धको खेलमा पाँचौं विकेट पतन

By खबरहब

February 05, 2020

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं विकेट गुमाएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २३.१ र २३.२ ओभरमा नेपालले क्रमश चौथो र पाँचौं विकेट गुमाएको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २०.३ ओभरमा तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको नेपालले त्यसपछि लगातार २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेललाई गुमायो ।

खेलको शुरुवाती क्षणमै कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो र पारख खड्कालाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसि‌ंह ऐरी र शरद भेषावकरले ६२ रनको साझेदारी गरेका थिए । ऐरीले ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे ।