अन्तर्राष्ट्रिय

पाकिस्तानी फेयरनेस क्रिम बंगलादेशमा प्रतिबन्ध

By खबरहब

March 05, 2020

काठमाडौं – बंगलादेशको गुणस्तर तथा परीक्षण निकाय बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा पारोजस्ता हानीकारक पदार्थको मात्र उच्च पाएपछि प्रतिबन्ध लगाएको छ ।

बीएसटीआईले बिभिन्न ८ वटा क्रिमहरुमा प्रतिबन्ध लगाएको हो । यस्ता सामानको आयातमा मात्र हैन अनलाइनमार्फत विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

गुणस्तर तथा परीक्षण निकायको प्रमाणपत्र विभागका सहायक निर्देशक अब्दुल हानिफले बंगलादेशको दिएको जानकारीअनुसार सरकारका अन्य निकायसँग सहकार्य गरी यस्ता उत्पादनविरुद्ध थप कदम चालिनेछ ।

समाचारका अनुसार बीएसटीआईले गत महिना अनलाइन सपिङ साइट दराजसहित बजारबाट यस्ता १३ सामानको नमूना अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा ६ वटा यस्ता सामानमा मानव स्वास्थ्यलाई हानि गर्ने पारोसहित हाइड्रोकिनोनको मात्र उच्च रहेको भेटिएको थियो ।