रोचक/विचित्र संसार

एकै मानिसका १३ श्रीमती, ती पनि एकैसाथ गर्भवती !

By खबरहब

April 05, 2020

कुनै पनि मानिसको श्रीमती कति जना होलान् । अवश्य पनि एक जना । किनकी कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ । तर जीवन काट्ने साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् ।

आक्कल झुक्कल कसै कसैको दुई जनासम्म श्रीमती हुनसक्छन् । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? मान्नुहोस् १३ जना श्रीमती होलान् पनि तर के १३ जना श्रीमती एकैसाथ गर्भवती हुन सक्लान् ?

पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।

यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् । स्रोत : देल्लीहन्ट