अन्तर्राष्ट्रिय

अमेरिकामा १२ लाख १० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित

By खबरहब

May 05, 2020

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाकै कारण ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ११२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ११ हजार ८३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।