देश/प्रदेश

सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

June 05, 2020

काठमाडौं– सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु डडेल्धुराका ५ जना र कैलालीका एकजना छन् । डडेल्धुरा गन्यापधुर–१ र २ का क्रमशः १७, ३८, २४, १९ र ५७ वर्षका पुरुषहरु संक्रमति भएका छन् ।

यस्तै कैलाली जानकी–७ का १६ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।