समाचार

यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला

By खबरहब

July 05, 2020

काठमाडौं- नेपालका ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयलको नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले महोत्तरी, रौतहट, पाल्पा, कैलाली, अछाम र बाजुरामा गरी ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना ‘एक्टिभ केस’ रहेको जानकारी दिएका हुन् ।

नेपालमा आज (आइतवार) २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १३२ रहेको छ ।