मनोरञ्जन

शानको ‘अलि अलि’ मा आकाश र स्वस्तिमा

By खबरहब

August 05, 2020

काठमाडौं – गायक तथा संगीतकार शान भुसालले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘अलि अलि’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शान भुसालकै शब्द तथा संगीत रहेको छ । गीतमा शानसँगै गायिका सुनिता कार्कीको पनि आवाज रहेको छ ।

गीतको भिडियोमा आकाश खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा रोशन लामाको निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः