समाचार

चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित, कारण यस्तो

By खबरहब

October 05, 2020

काठमाडौं – बंगलादेशमा कोरोना भाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ । चिनियाँ औषधि निर्माता सिनोभ्याक बायोटेक लिमिटेडले बाङ्लादेशसँग परीक्षणका लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परीक्षण अन्यौलमा परेको हो ।

चिनियाँ खोपको सामूहिक परीक्षण गरिनेबारे बंगलादेशमा निकै प्रचार गरिएको थियो ।

सिनोभ्याक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई एक पत्र लेख्दै रकम नगरेसम्म परीक्षण कार्य अगाडि बढाउन नसकिने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘सिनोवाकले हामीले पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परीक्षण अगाडि बढाउन समर्थ हुनेछ, हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,’ स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भनेका छन् ।

मन्नानले आफूहरू सिनोभ्याकमा निर्भर नभएको र सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोजिने बताए ।

सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर जनाएको छैन ।

शुरुमा चीनले बंगालदेशलाई निःशुल्क खोप दिने गरी प्रचारबाजी गरेको तर अहिले आएर पैसा माग्न थालेपछि त्यहाँको सरकारले अरु विकल्पका बारेमा सोचेको छ ।