बलिउड/हलिउड

‘पठान’ का लागि जोन अब्राहमले लिए २० करोड पारिश्रमिक ?

By खबरहब

November 05, 2020

मुम्बई – भारतीय अभिनेता जोन अब्राहमका फिल्म पछिल्लो समय हिट हुँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै आएका छन् ।

आजभोलि जोन ‘सत्यमेव जयते २’ को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकनपछि उनी ‘पठान’ फिल्मका लागि तयार हुनेछन् ।

हालै खबर आएको छ कि, जोनले ‘पठान’ फिल्मका लागि २० करोड भारु (नेपाली रुपैयाँ ३२ करोड) पारिश्रमिक लिएका छन् । यद्यपि फिल्म निर्माताले यसबारेमा भने कुनै पुष्टि गरेका छैनन् ।

‘पठान’ मा जोनका साथ दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मको छायांकन छिट्टै थालिने जनाइएको छ ।

यो फिल्म यशराज फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो ।