देश/प्रदेश

२८० एम्पुल लागू औषधसहित २ जना ‘ड्रग पेडलर’ पक्राउ

By खबरहब

January 06, 2020

पोखरा– पोखरा लगायत कास्कीका शहरी क्षेत्रमा लागू औषध तस्करी गर्ने २ जना (ड्रग पेडलर) पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोली ठूला मात्रामा लागू औषध सहित २ जना ड्रग पेडलरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ पाटनवेसीका २१ वर्षीय अनुप तामाङ र पोखरा महानगरपालिका–२७ का १९ वर्षीय विशाल परियार छन् ।

चेकजाँचका लागि खटिएको प्रहरीले टोलीले ग ७ प ६१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागू औषध डाइजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी २ सय ८० एम्पुल लागू औषध बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।