काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ ।
इटालीमा एकैदिन ४ हजार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९४८ पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ ।
इटालीमा संक्रमितमध्ये २१ हजार ८१५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ९१ हजार २४६ जना उपचाररत छन् ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१६ पुगेको छ ।
एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।