फाइल फोटो

आर्थिक

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

By खबरहब

April 06, 2020

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको भावी गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

राष्ट्र बैंकको भावी गभर्नरका लागि सिफारिस हुनेमा डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवाकोटी छ ।

गभर्नरका लागि सिफारिस भएका डा. खनाल अर्थ मन्त्रालयका पूर्व सचिव हुन् । उनले गएको माघमा अनिवार्य अवकास पाएका थिए ।

यस्तै, महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छन् । यस्तै, सिवाकोटी अहिलेका डेपुटी गभर्नर हुन् । अहिले उनी राष्ट्र बैंकको कायममुकायम गभर्नर छन् ।

अर्थमन्त्री खतिवडा निकट स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा नै राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि प्रस्ताव पेश गरिने छ ।

निवर्तमान गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ ।