राजनीति

प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम

By खबरहब

May 06, 2020

काठमाडौं‍- नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधवार(आज) प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ ।

भेटमा पार्टी सचिवालय बैठक र आगामी स्थायी समिति बैठक बारे छलफल भएको जनाइएको छ ।

२५ गते बोलाइएको स्थायी समिति र त्यसअघि को सचिवालय बैठकबारे दुई नेताबीच कुराकानी भएको थियो भने यसअघि बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने बारे भएको निर्णय बारे पनि छलफल भएको स्रोतको भनाइ छ ।

पछिल्लो समयमा अध्यक्ष प्रचण्डले आफ्ना भेटघाटलाई तिब्रता दिएका छन् ।

शनिबार यता प्रचण्डको दौडधुप बढेको छ ।

आइतबारदेखि प्रचण्ड नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारयाणकाजी श्रेष्ठसँगको भेटघाटमा व्यस्त बनेका छन् भने उनी प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँगको भेटवार्ताका लागि पनि बालुवाटार पुगिरहेका छन् ।