अन्तर्राष्ट्रिय

भारत उत्तरप्रदेशको एक मैनवत्ती उद्योगमा आगलागी, ८ जनाको मृत्यु

By खबरहब

July 06, 2020

काठमाडौं – भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ ।

मृत्यु हुने ६ महिला, एक पुरूष र बालक रहेको एनडीआरएफका महानिर्देशक सत्यनारायण प्रधानले जानकारी दिएका छन् ।