अन्तर्राष्ट्रिय

घातक हतियार रहेको भन्दै चीनले अमेरिकालाई दियो चेतावनी

By खबरहब

July 06, 2020

एजेन्सी- चीन र अमेरिकाबीच तनावको स्थिति रहँदा दक्षिण चीन सागरमा शनिवार अमेरिकाले दुई युद्धपोत तैनाथ गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले अमेरिकी युद्धपोतलाई नष्ट गर्नका लागि डीएफ–२१डी र डीएफ–२६ जस्ता खतरनाक हतियार रहेको लेखेको छ । त्यसलाई एयरक्राफ्ट क्यारियर किलर भन्ने गरिन्छ ।

त्यसअघि चीनको परराष्ट्र मन्त्रालयले यस क्षेत्रबाट हजारौं माइल टाढा रहेको देशले आफ्नो शक्तिप्रदर्शन गरिरहेको प्रतिक्रिया दिएको छ ।

दक्षिण चीन सागर पूर्णरूपमा चिनियाँ सेनाको नियन्त्रणमा रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

ग्लोबल टाइम्सले चीनसँग खतरनाक हतियार रहेको खबर दिएपछि अमेरिकी जलसेनाले त्यसलाई जवाफ फर्काउँदै आफूहरू त्यसका लागि तयार रहेको भन्दै ट्वीट गरेको छ ।

दुवै देश दक्षिण चीन सागरमा तनावका लागि एकअर्कालाई जिम्मेवार ठहर गर्छन् ।