फाइल फोटो

अन्तर्राष्ट्रिय

चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखाबाट पछि हटेको दावी

By खबरहब

July 06, 2020

एजेन्सी- भारत-चीन सीमाविवाद चलिरहेको बेलामा चिनियाँ सेना वास्तविक नियन्त्रण रेखाबाट एक किलोमिटर पछि हटेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

हिंस्रक भिडन्त भएको स्थानबाट चिनियाँ सेना पछि हटेको बताइएको हो । सैनिक पछि हटाउनका लागि दुवै देशका सैन्य अधिकृत स्तरमा वार्ता चलिरहेको थियो ।

सूत्रहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले बताएअनुसार, दुवै देशका सेनाले रिलोकेसनका लागि सहमति जनाएका छन् र पछि हटेका छन् । गलवान उपत्यकालाई अब बफर जोन बनाइएको छ ।

चिनियाँ सेनाले टेन्ट, गाडी र सैनिक पछि हटाउन थालेको बताइएको छ । कोर्प्स कमान्डर स्तरको कुराकानीमा यही कुरा सुनिश्चित भएको थियो ।

तर गलवान उपत्यकामा चीनले सैन्य सामग्रीहरू थुपारिरहेको छ । यस विषयमा दुवै सेनाबीच पछि पनि कुराकानी हुन सक्नेछ ।