प्रवास

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ वर्ष पुगेकोमा नेपाली एकता समाजद्वारा बधाई

By खबरहब

August 06, 2020

काठमाडौं- नेपाली एकता समाज भारतले लद्दाखलाई केन्द्रशासित क्षेत्रको विशेष दर्जा दिईएको १ वर्ष पुगेको अवसरमा बधाई दिएको छ।

समाजले एक बिज्ञप्ति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो ।

“हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनता मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली पनि लाभान्वित छन ।”, बिज्ञप्तिमा भनिएको छ ।

समाजले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपा सरकारलाई समेत धन्यवाद दिएको छ ।

समाजले नेपाली समुदायलाई सहयोग पुर्‍याएकोले लद्दाख प्रशासन र लद्दाख स्वायत्त हिल विकास काउन्सिल, लेहमाथि पनि आभार प्रकट गरेको छ ।

नेपाली एकता समाजले जारी गरेको बिज्ञप्ति