रोचक/विचित्र संसार

कुखुराको बोकेको भ्यान पल्टिदाँ सडक अवरुद्ध, जाम खुलाउन प्रहरीलाई हम्मेहम्मे

By खबरहब

September 06, 2020

भारतको जयपुरस्थित हरमाडाको सीकर सडकको ठाउँ ठाउँमा खाल्डो छ । यो खाल्डो स्थानीयको समस्याको कारक बनेको छ । जसमा कतिपय स्थानीयले दुर्घटना व्योहोर्नु परेको छ ।

गत अगष्ट २० मा परेको मुसलधारे वर्षाको कारण उक्त सडकमा पानी भरियो । पानीले सडक डुब्दा गुडिरहेका सवारी चालकले सडकमा परेको खाल्डो देखेनन् । जसका कारण कुखुरा निर्यात गर्ने एक पीकअप भ्यान पानीमा पल्टियो ।

पीकअप भ्यान पल्टिदाँ आयात गरिएको कुखुरा पानीमा बगे । पानीमा भ्यान डुब्दा आयात गर्न लागिएको करिब १ सय कुखुरा मरे ।

जसले सडक केहिबेर जाम भयो । सडक खुलाउन प्रहरीलाई हम्मेहम्मे पर्याे । अन्ततः जाम खुलाउन प्रहरीले क्रेन मगायो । पल्टेको भ्यानसहित मरेका कुखुरा हटाए र सडक सुचारु गरे ।