समाचार

वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने

By खबरहब

September 06, 2020

काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा  जागेश्वर गौतमले आइतबार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार वीर अस्पतालमा भइरहेको नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।

उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु वेवस्थापन गर्न बजेट समेत  छुट्याएको उनले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट छुटाइएको प्रवक्ता गौतमले बताए ।

त्यसैगरी स्वास्थ्य विधामा अध्ययन गरेका स्वास्थ्यकर्मीहरुलाई स्वयंसेवकको रुपमा खटाउने समेत निर्णय भएको उनले जानकारी दिए ।